
गोरखा वितरक संघको अध्यक्षमा कट्टेल निर्वाचित
गोरखा वितरक संघको अध्यक्षमा दण्डपाणी कट्टेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको पहिलो अधिवेशनले कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा मनकाजी श्रेष्ठ, सचिवमा विशाल राना मगर, कोषाध्यक्षमा काजिराम श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा गोकर्ण राना, कृष्णमान श्रेष्ठ, शिवध्वज खत्री, सुवासबाबु श्रेष्ठ, विशाल श्रेष्ठ, सोरम जोशी र राजेन्द्र पन्त चयन भएको संघले जनाएको छ ।




