
मिरकोट माविका विद्यार्थीलाई न्यानो कपडा वितरण
नविल वैंकले गोरखाको पालुङटार नगरपालिका–१० स्थित मिरकोट माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वैंकको गोरखा शाखाले सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत सो विद्यालयका गरिव तथा जेहेन्दार बिद्यार्थीलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको हो ।
कक्षा ४ देखि १२ सम्मका २१ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको नबिल बैंक गोरखा शाखा प्रमुख कृष्णप्रसाद बास्तोलाले बताए । वैंकले हरेक बर्ष सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । यसैअन्तर्गत यसबर्ष मिरकोट माविका विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको उनले जानकारी दिए ।
बिहीवार बिद्यालयमा एक कार्यक्रमकाबीच बिद्यार्थीलाई कपडा वितरण गरिएको हो । कार्यक्रममा नविल बैंक गण्डकी प्रदेश कार्यालय प्रमुख हरि ढकाल, गोरखा शाखा प्रमुख बास्तोला, बिद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।




