
आजदेखि मतदाता शिक्षाको प्रशिक्षण सुरु
सँधैका चुनाबहरुमा झैं यसपटकको चुनाबको पूर्वसन्ध्यामा पनि मतदाता शिक्षा सञ्चालन हुने भएको छ । मतदाता शिक्षाका लागि जिल्ला निर्वाचन कार्यालयले प्रशिक्षण प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
बुधबारदेखि सबै गाउँ तथा नगरपालिकाका निर्वाचन फोकल पर्सनहरुलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु हुँदैछ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा ११ वटै पालिकाका एकेक जना स्रोत व्यक्तिलाई प्रशिक्षक प्रशिक्षण तालिम दिन लागेको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।
प्रत्येक पालिकाले सबै वडाहरुमा एकेक जना महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षामा खटाउनका लागि चयन गर्नेछ । बुधबारको तालिमबाट प्रशिक्षित प्रशिक्षकले आफ्ना पालिकाका प्रत्येक वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएपछि फागुनदेखि मतदाता शिक्षा सञ्चालन हुने सूचना अधिकारी सुवेदीले जानकारी दिए ।




