
गोरखाको निर्वाचन सफल गराउन कांग्रेसले तोक्यो अब्दुल सतारलाई
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा केन्द्रीय नेता परिचालन गरेको छ ।
पार्टी उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले देशका ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिएको कांग्रेस सभापति गगन थापाको सचिवालयले जनाएको छ ।
जस अनुसार गोरखाको निर्वाचन जिताउनका लागि पार्टी केन्द्रले अब्दुल सतारलाई खटाइएको सचिवालयले जनाएको छ ।




