
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यू, सनाखत हुन बाँकी
आरुघाट गाउँपालिका ३ छेपारेखोलामा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यू भएको छ । शनिबार आर्खेततर्फबाट सोतीतर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा करिब ३५ बर्षका एक युवाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
मृतकको शनिबार साँझ अबेरसम्म पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ । मानवबस्ती बिहिन सो ओह्रालो सडकमा एक युवा मोटरसाइकल दुर्घटनामा परेर लडिरहेको बारे साँझ ६ बजे खबर प्राप्त भएको र उपचारका लागि आरुघाट अस्पताल पु¥याउँदा अस्पतालले मृत्यू भएको जानकारी दिएको प्रहरीको भनाइ छ ।
घटनास्थल एकलासमा रहेकाले कतिबेला घटना भएको पनि थाहा नपाएको, मृतकको नाम, ठेगाना पनि खुल्न नसकेको प्रहरीको भनाइ छ ।




