
सुरक्षा थ्रेट बढेको भन्दै सुदन गुरुङले मागे पीएसओ
आसन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखा–१ का उम्मेदवार सुदन गुरुङमाथि सुरक्षा थ्रेट बढेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सुरक्षा माग गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यलाई पत्राचार गर्दै पिएसओसहितको सुरक्षा व्यवस्था गरिदिन रास्वपा गोरखाले माग गरेको हो ।
‘प्राप्त बिभिन्न गोप्य सूचना अनुसार हातहतियारसहित केही व्यक्तिहरुको समूहबाट व्यक्तिगत रुपमा सुधन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुदाँ आवश्यक पिएसओसहित सुरक्षा व्यवस्था गरिदिनु हुन अनुरोध छ,’ पार्टी जिल्ला सचिव मिलन रानाद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले पनि पत्र प्राप्त भएको जानकारी दिए । ‘सुरक्षाको दृष्टिकोणले आवश्यकता महशुस गरेर उम्मेदवारहरुले माग गरेमा हामी उपलब्ध गराउँछौ, उनले भने, ‘उहाँले माग गर्नुभएको छ, हामी सुरक्षा समिति बैठकबाट निर्णय गर्छाै ।’




