| सोमवार, कार्तिक २३, २०८३

अस्पताल व्यवस्थापन समितिका अध्यक्षद्धारा पदभार ग्रहण

प्रदेश अस्पताल गोरखाको व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष एवं सदस्यहरुले पदभार ग्रहण गरेका छन् । मंगलवार अस्पतालमा एक कार्यक्रमकाबीच अध्यक्षमा नियुक्त भएका कृष्ण ढकाल र सदस्यद्धय बिद्या मास्के र सानुकाजी वन्तले पदभार ग्रहण गरेका हुन् ।

गण्डकी प्रदेश सरकारको यही माघ ४ गते बसेको मन्त्रिपरिषद बैठकले प्रदेश स्तरीय अस्पतालमा कांग्रेस र एमाल भागवन्डा गरेर अध्यक्ष र २ जना सदस्य नियुक्त गरेको हो । गत भदौ ३ गते बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले नयाँ गठनादेश जारी गर्ने निर्णय गर्दै यसअघिको अस्पताल व्यवस्थापन समिति खारेज गरेको थियो ।

नयाँ गठनादेश ल्याएर गण्डकी सरकारले प्रदेश मातहतका सबै अस्पतालको अध्यक्ष र सदस्य नियुक्त गरेको हो । पदभार ग्रहण पश्चात बोल्दै उनीहरुले सेवा गुणस्तरमा वृद्धि गर्दै अस्पताललाई थप जनमैत्री बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

अस्पताल प्रमुख डा. सिद्धार्थ खनालको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा मगरको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्