
गोरखा २ मा कांग्रेसबाट दवाडीले दिए उम्मेदवारी
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा २ बाट नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले उम्मेदवारी दिएका छन् ।
मंगलवार निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा गोविन्द गुरुङ र समर्थकमा किशोरजंग थापा छन् ।




