| शुक्रबार, बैशाख १७, २०८३

भीमसेन थापा चक्रपथको थप दुई किमी सडक यो बर्ष कालोपत्रे हुने

भीमसेन थापा चक्रपथको थप दुई किलोमिटर सडक यो बर्ष कालोपत्रे हुने भएको छ । तेस्रो खण्ड अन्तरगत सिमलाफेदेखि धावासम्मको खण्ड कालोपत्रेका लागि ठेक्का सम्झौता भइसकेको छ ।

पिके स्तुल कन्स्ट्रक्सन जेभीसँग आइतवार ठेक्का सम्झौता भएको पालिका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ठेक्का सम्झौता रकम तीन करोड ६० लाख रहेको छ । संघिय सरकारको समपुरक अनुदान र पालिकाको साझेदारीमा उक्त सडक कालोपत्रे हुन लागेको हो ।

सम्झौता अनुसार २०८३ साल जेठ मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने अधिकारीले जानकारी दिए । उनका अनुसार पालिकाको आठ वटै वडालाई पक्की सडकले जोड्ने लक्ष्य सहित चक्रपथ निर्माण कार्य अघि बढाइएको हो ।

‘तीन खण्डमा बिभाजन गरेर काम अघि बढाइएको हो,’ उनले भने, ‘पहिलो खण्डमा तीन किमी सडक कालोपत्रे भइसकेको छ ।’ यो बर्ष तेस्रो खण्डको दुई किमी सडक कालोपत्रे हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्