
कांग्रेसबाट गोरखा १ मा प्रेम खत्री र २ मा प्रकाशचन्द्र दवाडी उम्मेदवार बन्ने
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाका उम्मेदवारको टुंगो लगाएको छ । गोरखा १ बाट प्रेम खत्री उम्मेदवार बन्ने भएका छन् भने गोरखा २ बाट प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ ।




