
खोप्लाङ कटहरेमा एक पुरुषको शव फेला
जिल्लाको पालुङटार नगरपालिका वडा–२ कटहरेमा एक पुरुषको शव फेला परेको छ । शुक्रबार कटहरेस्थित सडकको नालीमा सिरानचोक गाउँपालिका–४ छोप्राक बस्ने ४५ वर्षका रामप्रसाद पोखरेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर विकसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको कार्यालयको भनाई छ । मृतक रामप्रसाद पोखरेलको शव भरतपुर सरकारी अस्पतालमा पोष्टमार्टमपछि उनका छोरा मिलन पोखरेललाई बुझाएको प्रहरीको भनाइ छ ।




