| आइतवार, जेष्ठ १६, २०८३

काङ्ग्रेस केन्द्रीय समितिमा गोरखाका चार जना

नवगठित नेपाली कांग्रेसको केन्द्रीय समितिमा गोरखाका चार जना चयन भएका छन् । गत पुस ३० गते भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गठन गरेको गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको केन्द्रीय सदस्यमा गोरखाका चार जना सर्वसम्मत चयन भएका हुन् ।

सो कार्यसमितिमा यसअघिका केन्द्रीय सदस्यहरु चिनकाजी श्रेष्ठ, अव्दुल सतार, मनकुमारी गुरुङ र दिनेश सुनार चयन भएका हुन् । चिनकाजी श्रेष्ठ र अब्दुल सतार यसअघिको कार्य समितिमा पनि केन्द्रीय सदस्य थिए । मनकुमारी गुरुङ गण्डकी प्रदेश सभामा यसअघि सांसद थिइन् भने दिनेश सुनार पहिलो पटक केन्द्रीय सदस्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्