| सोमवार, कार्तिक २३, २०८३

शम्भु स्मृति प्रतिष्ठानद्धारा बिद्यालयलाई बिज्ञान सामग्री हस्तान्तरण

स्वर्गिय शम्भुबाबु मरहट्टाको ३० औं स्मृति दिवसको अवसर पारेर सिरानचोक गाउँपालिका–३ निवारेस्थित चम्पावती माविलाई बिज्ञान सामाग्री सहयोग गरिएको छ । शम्भु स्मृति प्रतिष्ठानले ८० हजार रकम बराबरको सामाग्री बिद्यालयलाई हस्तान्तरण गरेको हो ।

आइतवार एक कार्यक्रमकाबीच बिद्यालयका प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समिति अध्यक्षलाई उक्त सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानका सहदेव श्रेष्ठले बताए । त्यस्तै सोही बिद्यालयमा अध्ययनरत दुई जना बिद्यार्थीलाई छात्रवृत्ति रकम समेत वितरण गरिएको उनले जानकारी दिए ।

उनका अनुसार कक्षा ८ मा पढ्ने अञ्जना श्रेष्ठ र कक्षा ११ मा अध्ययनरत कृष्ण थापा मगरलाई जनही ६ हजारका दरले छात्रवृत्ति रकम उपलब्ध गराइएको हो । प्रतिष्ठानकी कोषाध्यक्ष तुलसा मरहट्टाको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष टोपबहादुर अधिकारी, प्रअ पृथ्वीराम श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्