| सोमवार, कार्तिक २३, २०८३

पुस्तक व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका प्रदिप खनाल

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गोरखाका प्रदीप खनाल चयन भएका छन् । महासंघको शनिबार पोखरामा सम्पन्न ७ औँ वार्षिक साधारण सभा एवं चौँथो अधिवेशनले खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले खनालको नेतृत्वमा २२ सदस्ययी समिति गठन गरेको महासंघले जनाएको छ । जसको वरिष्ठ उपाध्यक्षमा म्याग्दीका ठाकुर शर्मा, उपाध्यक्षमा तनहुँका रामचन्द्र सापकोटा र सचिवमा कास्कीका सुरेन्द्र बास्तोला चयन भएका छन् । यस्तै, समितिको कोषाध्यक्षमा नवलपरासीका भगवान अर्याल र सहसचिवमा कास्कीका रमेश पौडेल चयन भएको महासंघले जनाएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पोखरेलको अध्यक्षता एवं पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्