
नेकपा गोरखाका संयोजकमा ‘आयाम’
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) गोरखाको संयोजकमा अकुर तिमिल्सिना(आयाम) चयन भएका छन् । पार्टी एकतापछिको जिल्ला कार्य समितिको बैठकले संयोजकमा आयाम र सहसंयोजकमा टेकराज भट्टलाई चयन गरेको हो ।
यसअघि जिल्ला कमिटीको संयोजकमा छमबहादुर गुरुङ र आयाम सचिव थिए । पार्टीको जिल्ला इञ्चार्ज भने यसअघि नै अमर तमु चयन भइसकेका छन् । एकतापछिको बैठकले ३९९ सदस्यीय जिल्ला कमिटी पनि चयन गरेको संयोजक आयामले जानकारी दिए ।
साथै बैठकले जिल्ला इञ्चार्ज अमर तमुको संयोजकत्वमा एकहजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको उनले जानकारी दिए । साथै परशुराम रम्तेल संयोजक र सुशीला सिँखडा र यादव बस्नेत सहसंयोजक रहने गरी क्षेत्र नं. १ को निर्वाचन परिचालन कमिटी गठन गरेको छ । विश्वेश्वर कट्टेल संयोजक र खोपबहादुर कँडेल सहसंयोजक रहने गरी क्षेत्र नं. २ को निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
दिपक श्रेष्ठ(दिपक जलन) संयोजक रहने गरी प्रचार प्रसार विभाग पनि गठन गरेको जिल्ला संयोजक आयामले जानकारी दिए ।
बैठकले आउँदो माघ २ गतेसम्म पालिकास्तरका समायोजन कमिटी गठन गर्ने निर्णय गरेको उनले बताए ।




