| बिहिबार, असार १०, २०८३

उद्योग वाणिज्य संघ आँबुखैरेनीको अध्यक्षमा काजी थापा

तनहूँ उद्योग वाणिज्य संघ, आँबुखैरेनी बजार इकाइको अध्यक्षमा काजी थापा चयन भएका छन् । केही दिनअघि सम्पन्न ३० औं वार्षिक साधारण सभा तथा अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ, सचिवमा रामकृष्ण श्रेष्ठ, सहसचिवमा तुलसी पौडेल खनाल, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सहकोषाध्यक्षमा रमेश श्रेष्ठ चयन भएका छन् । अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधिमा बासुदेव पुडासैनी र राजु थापालाई चयन गरेको छ।

त्यस्तै इकाइका सदस्यहरुमा ऋषिकेश अधिकारी, दिलिप कोइराला, मनोज श्रेष्ठ, शैलेस विक, हरिचन्द्र विक, विनय श्रेष्ठ, शुभलक्ष्मी श्रेष्ठ र रेजिना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्