
पूर्व प्रहरी संगठन गोरखा नगर कार्यसमितिमा थापा
नेपाल पूर्व प्रहरी संगठन गोरखा नगर कार्यसमिति गठन भएको छ । आइतवार जिल्ला सदरमुकाममा भएको भेलाले मेगबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा सुदाम थापा, सचिवमा गोविन्द बस्नेत, कोषाध्यक्षमा धु्रव कुँवर चयन भएका छन् । सदस्यहरुमा रघुनाथ थापा, बिष्णुप्रसाद श्रेष्ठ, कृष्णबहादुर खत्री, उदयबहादुर पन्त, उत्तमप्रताप राणा, रामबहादुर कुँवर, अर्जुनबहादुर खत्री, काशीराम बोहोरा, धनबहादुर कार्की र बलराम बानिया क्षेत्री चयन भएका छन् ।




