
तीन दिनसम्म विविध कार्यक्रम गरी चुमनुव्रीमा मनाइयो तमु ल्होसार
तमु ल्होसारको अवसर पारेर चुमनुव्री गाउँपालिकामा बिभिन्न प्रतियोगिता भएका छन् । तमु ह्यूल छोज धी गुरुङ राष्ट्रिय परिषद गाउँ कार्यसमिति सिर्दिवास गोरखाको आयोजनामा भएको भलिवल प्रतियोगितामा फिलिम युवा क्लब पहिलो बनेको छ ।
प्रतियोगितामा डिएफपी युवा क्लब सिर्दिवास दोस्रो र जनजागृत युवा क्लब धार्चे तेस्रो भएको कार्यक्रम संयोजक लक्ष्मण गुरुङले बताए । उनीहरुले क्रमश ५० हजार, ४० हजार ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा कुल १२ टिम सहभागी थिए ।
आमा समूहबीच भएको डोरी तान्ने प्रतियोगितामा घट्टेखोला आमा समूह पहिलो बनेको छ । चेराङजुङ कृषक समूह दोस्रो र भिमथाङ आमा समूह तेस्रो बनेको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए । उक्त समूहहरुले क्रमश ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कारसहित प्रमाणपत्र पाएका छन् ।
ल्होसरकै अवसरमा नृत्य प्रतियोगिता समेत भएको थियो । प्रतियोगिताका बिजेताहरुलाइ पनि नगद पुरस्कार दिइएको आयोजकले जनाएको छ । तीन दिनसम्म संचालन भएको कार्यक्रमको बिहीवार समापन गरिएको हो ।
परिषद गाउँकार्यसमिति अध्यक्ष बुद्ध गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष निमा लामाको प्रमुख अतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङ, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।




