
गोरखामा तमु ल्होसार धुमधामले मनाइयो
तमु समुदायको उद्गम स्थल गण्डकी प्रदेशका विभिन्न जिल्लामा तमु ल्होसार हर्षोल्लासका साथ मनाइएको छ ।
गोरखामा पनि तमु ह्युला छोँजधि गोरखा नगरसमिति एवं भातृ तथा भगिनी संस्थाहरुले संयुक्त रुपमा विभिन्न कार्यक्रम गरी तमु ल्होसार मनाएका छन् । समितिले जिल्ला सदरमुकाममा मंगलबार बिहान मौलिक भेषभुषामा सझिएर झाँकी सहितको ¥याली निकालेको थियो ।
हरमटारीबाट सुरु भएको ¥याली बिसौनी, बसपार्क, ठुलोआँगन, पाटेचौर हुदैँ हरमटारी खेलमैदानमा पुगेर कार्यक्रममा परिणत भयो । गुरुङहरुको थातथलो तथा मौलिकताको पहिचान र सरकारी कामकाजको भाषामा गुरुङ भाषा प्रयोग गर्नुपर्ने माग सहित कार्यक्रम आयोजना गरिएको तमु ह्युला छोँजधि गोरखा नगरसमितिले जनाएको छ ।
तमु ह्युला छोँजधि गोरखा नगरसमितिका अध्यक्ष बमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष एवं गोरखा नगरपालिका ५ का वडाअध्यक्ष विष्णु राना मगर, तमु ह्युला छोँजधिका केन्द्रिय सदस्य दुर्गाबहादुर गुरुङ, निवर्तमान केन्द्रिय सदस्य दुर्गा गुरुङ, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष भगवानबाबु मास्के लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै उनीहरुले गोरखा जिल्ला एवं गण्डकी प्रदेश तमु समुदायको बाहुल्यता भएको क्षेत्र भएकाले यहाँ तमु एवं आदिवासी जनजातिहरुकै अग्राधिकार हुनुपर्ने बताएका थिए । गुरुङ समुदायको बाहुलियता भएको गोरखाको धार्चे, बारपाकसुलिकोट, आरुघाट लगायत जिल्लाका अन्य पालिकाहरुमा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर तमु ल्होसार मनाएको छ ।




