| सोमवार, कार्तिक २३, २०८३

गोरखाको हुलाक कार्यालयले कमाएको गौरव

कुनै–कुनै कार्यालयमा, कुनै–कुनै समयमा, कुनै–कुनै कार्यालय प्रमुख यस्तो आउँछन्, जसले त्यस कार्यालयलाई प्रगतिको शिखरमा पु¥याउँछन् । त्यतिमात्र नभै जनसम्पर्क बढाएर सेवाग्राहीलाई कृत–कृत बनाउँछन् । त्यसबाहेक अधिकांश समयमा, अधिकांश कार्यालयमा, अधिकांश कार्यालय प्रमुख १०–५ को जागिर पकाउने मात्र हुन्छन् । नियमित कामकाज गरी आफ्नो अवधि पूरा गर्ने मात्र हुन्छन् ।

केही ठूलो काम गर्न केही जोखिम अवश्यै हुन्छ । जोखिम मल्यो भने बरबादै हुने त्रासले जोखिम नमोली साधारण अवस्थामा जागिर पूरा गर्ने अधिकांशको प्रवृत्ति हुन्छ । अहिले गोरखा जिल्ला हुलाक कार्यालयको नेतृत्व सम्हालेका हुलाक अधिकृत विनोद गैरेले यति धेरै राम्रो काम गरेका छन् कि उनको कामले देशको हुलाक सेवामै क्रान्तिकारी परिवर्तन ल्याएको छ ।

अब हल्काराले बोकेको डाँक कहाँ पुग्यो भनेर मोबाइलबाट ट्रयाकिङ गर्न सकिने भएको छ । अब डाँक मान्छेले बोकेर नभै यातायातका साधानले बोक्ने भएका छन् । अब गोरखा हुलाक कार्यालयका सबै कर्मचारीले कम्प्यूटर, इन्टरनेट, अनलाइन चलाउन पोख्त भएका छन् । यातायातका साधन चलाउन सक्षम भएका छन् ।

यस्तो अद्वितीय कामको प्रदेश हुलाक कार्यालयले मात्र होइन, हुलाक विभागले मात्र होइन, सञ्चार तथा सूचना मन्त्रालयका सचिवले मात्र होइन, सञ्चारमन्त्रीले समेत मुक्तकण्ठले प्रसंसा गरेका छन् । एउटा सरकारी जागिरे जीवनमा यो भन्दा ठूलो खुशी के हुन्छ ? एउटा हुलाक अधिकृतको विभागीय डिजी, सचिव तथा मन्त्रीसम्मले मुक्तकण्ठले प्रसंसा गर्दै उनले गरेको कार्यसम्पादनलाई देशभरकै उत्कृष्ट भनेर घोषणा गर्नु ज्यादै खुशीको कुरा हो ।

यो उनको मात्र नभै सिंगो कार्यालय परिबार, सिंगो जिल्लाकै गौरवको विषय हो । यो खुशी कार्यालय प्रमुखको मात्र नभै सिंगै कार्यालयको, सिंगै गोरखाको र देशकै हुलाक सेवा क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्