| आइतवार, जेष्ठ १६, २०८३

प्रगतिशिल लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक यानप्रसाद भट्ट

विभिन्न पार्टी बीच एकता भई भर्खरै गठित प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)को जिल्ला संयोजकमा यानप्रसाद भट्ट तोकिएका छन् । शनिबार पोखरामा सम्पन्न सो पार्टीको प्रदेश कमिटीको एकता बैठकले भट्टलाई जिल्ला इञ्चार्ज तोकेको हो ।

पुस महिनाभित्र जिल्लाको एकता बैठक बस्ने र अध्यक्ष परिषद गठन गर्ने, जिल्ला कमिटी गठन गर्ने र पालिका कमिटी गठन गर्ने भट्टले जानकारी दिए ।

जिल्लाको तीन सदस्यीय अध्यक्ष परिषदमा विभिन्न क्लस्टरबाट प्रतिनिधित्व गरी अध्यक्ष रहनेछन् । फरक फरक बैठकमा विभिन्न अध्यक्षहरुले आलोपालो गरी अध्यक्षता गर्ने पार्टीको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्