| सोमवार, कार्तिक २३, २०८३

गोरखा जेसीज वर्ष २०२६ को अध्यक्षमा सुजित श्रेष्ठ

गोरखा जेसीजको वर्ष २०२६ को अध्यक्षमा सुजित श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न ४५ औँ अधिबेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको कार्यकारिणी उपाध्यक्षमा श्याम आले मगर र युनिक अर्याल चयन भएका छन्।

उपाध्यक्षमा सरोज मास्के, संजोग तिमिल्सिना, सन्तोष खत्री र सन्दिप बयलकोटी रहेका छन् । अन्य पदाधिकारी आगामी बोर्ड बैठले मनोनित गर्ने बताइएको छ ।

गोरखा जेसीज बर्ष २०२५ का अध्यक्ष सुमन गुरुङको अध्यक्षता तथा जेसीज बर्ष १९८४ का अध्यक्ष धिरजबहादुर मास्केको प्रमुख अतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्