
रेडियो गोरखाको अध्यक्षमा राजनराज पन्त
रेडियो गोरखाको मातृसंस्था गोरखा विकास तथा सञ्चार केन्द्रको अध्यक्षमा राजनराज पन्त सर्वसम्मत चयन भएका छन् । केन्द्रको शनिबार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनबाट पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
पन्त यसअघिको कार्यसमितिका उपाध्यक्ष हुन् । समितिको उपाध्यक्षमा काशीनाथ अम्गाई, सचिवमा किशोरजंग थापा र कोषाध्यक्षमा सीताराम तिवारी चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा श्रवणकुमार जोशी, रहमतुल्ला मियाँ, चन्दनबाबु खत्री, मन्जु अर्याल, नवराज उपाध्याय, विष्णुमाया मास्के, दीपक श्रेष्ठ(अनु) र ईन्द्रकुमारी देवकोटा रहेका छन् ।




