
वैदेशिक रोजगारी ठगी आरोपमा एकजना पक्राउ
प्रहरीले वैदेशिक रोजगारी ठगी आरोपमा गोरखाबाट एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको टोलीले पालुङ्टार नगरपालिका ४ का ३३ बर्षीय सन्तोष खनाललाई शनिबार दिउँसो ठाँटीपोखरी बजारबाट पक्राउ गरेको हो ।
उनलाई वैदेशिक रोजगार विभागमा बुझाइने प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।




