| सोमवार, कार्तिक २३, २०८३

गोरखाको चौतर्फी विकासको बाटो बन्दै जलविद्युत

देशकै ठूलो परियोजना भनेर चिनिएको १२०० मेगावाट क्षमताको प्रस्तावित बूढीगण्डकी जलविद्युत आयोजना मुआव्जा वितरण गरिसकेर अलमलमा छ । जलविद्युत मात्र नभै २.६ अर्ब डलरमा बन्ने भनिएको यसलाई देशकै ठूलो परियोजना भनेर पनि चिनिन्छ ।

त्यस्तै बूढीगण्डकीमा अरु धेरै जलविद्युत आयोजना निर्माणको चरणमा छन् । ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना, २२६ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना ख, १०३ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना क, १०० मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजना, ८१ मेगावाटको बूढीगण्डकी आयोजना, ४५ मेगावाटको स्यार खोला जलविद्युत आयोजना, १० मेगावाटको मध्यसुपर दरौंदी जलविद्युत आयोजना, ९.८४ मेगावाटको दरौंदी नदी जलविद्युत आयोजना, ३४ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत आयोजना, २४ मेगावाटको दोभानखोला जलविद्युत आयोजना, १० मेगावाटको माछाखोला जलविद्युत आयोजना, रिचेत खोला जलविद्युत आयोजना, चेपेखोला जलविद्युत आयोजना लगायतका धेरै आयोजनाहरु गोरखामा बन्ने तयारीमा छन् ।

कतिपयबाट उत्पादन सुरु भइसकेका छन्, कतिपय उत्पादनको अन्तिम तयारीमा, कतिपय निर्माण लाइसेन्स प्राप्त गरेका, कतिपय सर्भे लाइसेन्स लिएर बसेका विभिन्न अबस्थामा छन् । यहाँ उल्लेख भएका भन्दा अझै धेरै आयोजनाहरु छन् ।
यसले गोरखालाई जलविद्युतको हब बनाउने अबस्था छ ।

१२०० मेगावाट एक्लै देशकै सबैभन्दा ठूलो आयोजना हो, यी विभिन्न आयोजना बनेपछि गोरखा देशकै सबैभन्दा धेरै क्षमताको जलविद्युतको जिल्ला बन्ने छ । यसमा लगानी गरेर गोरखाका धेरैको आर्थिक आयआर्जनको बाटो बन्ने छ । यहाँ काम गरेर पनि धेरैले रोजगारी पाउनेछन् । सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत पनि गोरखाका धेरै ठाउँको विकास हुनेछ ।

यसरी जलविद्युत आयोजना गोरखाको विकासको मेरुदण्ड हुने अबस्थामा छ । यो सुखद विषय हो । अब अनुमति लिएर काम नगरी बसेकाहरुलाई पनि काम सुरु गर्न दबाब दिन स्थानीय सरकारले चासो लिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्