| बुधबार, फाल्गुन २६, २०८२

निशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीले सेवा लिए

आरुघाट गाउँपालिका–४ बालुवामा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ बज्र मनासलुको आयोजना, एनपिआई गोरखा हस्पिटलको प्राविधिक सहयोग र अजिरकोट गाउँपालिकाको समन्वयमा बालुवाको जिवनज्योति माविमा भएको शिविरमा कुल ५ सय ३३ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
जसमध्ये १७० जनाले सामान्य स्वास्थ्य जाँच, १६१ जनाले हाँडजोर्नी जाँच, ७१ जनाले स्त्री रोग जाँच र ८७ जनाले माइनर सर्जरी सेवा लिएका छन् । यस्तै, ११८ ले भिडियो एक्स–रे, ८९ जनाले सुँगर जाँच, ४२ जनाले मुटुको इसिजि र ४४ जनाले बाल रोग सेवा लिएको रोटरी क्लव अफ बज्र मनासलुका अध्यक्ष बिनोद अर्यालले बताए । शिविरमा स्वास्थ्य सेवा लिएकाहरुलाई आवश्यकता अनुसार औषधी पनि निशुल्क वितरण गरिएको उनले जानकारी दिए ।
शिविरमा एनपिआई हस्पिटलका बरिष्ठ फिजिसियन डा तारानाथ शर्मा, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ डा परमेश्वर पौडेल, प्रसूती तथा स्त्री रोग बिशेषज्ञ डा राशिक न्यौपाने, जनरल तथा ल्याप्रोस्कोपीक सर्जन डा पवन सापकोटा उपाध्याय, नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा नारायण महतो, रेडियोलोजिष्ट डा। पुकार लामिछाने लगायतको चिकित्सक टोलिले स्वास्थ्य परिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्