
सडकहरु जुनसुकै बेला गाडी चल्न सक्ने अबस्थामा राख्न निर्देशन
जिल्लाभित्र सञ्चालनमा रहेका सडक तथा सहायक सडकहरु जुनसुकै विपद्को बेलामा सञ्चालन गर्न सकिने अबस्थामा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले निर्देशन दिएको छ । बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राजमार्गसंग जोडिने सडक तथा सहायक सडकहरुलाई उचित मर्मतसम्भार गरी जुनसुकै विपद्जन्य परिस्थितिमा आकस्मिक तथा अत्यावश्यक सेवा सुचारु गर्न सक्ने अबस्थामा राख्न निर्देशन दिएको हो ।
साथै जिल्लाका गाउँबस्तीमा विपद्का बेला प्रयोग गर्न सकिने खुल्ला ठाउँको सूची जिल्ला विपद् व्यवस्थापन समितिमा अद्यावधिक गराउन पनि निर्देशन गरेको छ । जाडोबाट उत्पन्न विपद्जन्य परिस्थितिमा उद्दार राहतको काम सम्बन्धित स्थानीय तहले गर्ने, सबै स्थानीय तह तथा विषयगत कार्यालयले विपद् स्रोतव्यक्ति तोकी समितिलाई जानकारी गराउने पनि निर्णय भएको छ ।




