
गोरखामा जन ¥याली तथा शान्तिपूर्ण धर्ना कार्यक्रम सम्पन्न
राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले गोरखामा जन ¥याली तथा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको छ छ । बुधबार गोरखा नगरपालिका–६ स्थित रंगशालको गेटबाट जन ¥याली निकालिएको हो ।
राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक महाअभियान गोरखाका अध्यक्ष मिठु परियारको नेतृत्वमा गोरखा जिल्लामा भएका सहकारी पिडितलाई न्याय दिलाउन विभिन्न नारा लेखिएको प्ले कार्डसहित रंगशाल गेटदेखि जिल्ला प्रसाशन कार्यालयको गेटसम्म ¥याली निकालेर शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको थियो ।
भ्रष्टाचारी लाई कारवाही गर, २० लाख भन्दा मुनिको ऋण मिनाहा गर, युवालाई रोजगारी को व्यावस्था गर, राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियान जिन्दावाद, वैङ्किङ आतङ्क बन्द गर लगायतका नारा लेखिएका प्ले कार्ड लिएर धर्ना गरिएको थियो ।




