| सोमवार, कार्तिक २३, २०८३

निवृत्त जनशक्तिको ज्ञान, सीप, अनुभवलाई राज्यले उपयोग गर्नुपर्ने सुझाव

निवृत्त राष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको राज्यले भरपूर उपयोग गर्न सक्नुपर्नेमा निवृत्त राष्ट्रसेवक समाजले जोड दिएको छ । निवृत्त राष्ट्रसेवक समाज नेपालको पाँचौँ जिल्ला परिषदमा बोल्दै राष्ट्रसेवक समाजका सदस्यहरुले विविध सेवा क्षेत्रमा लामो समय अनुवभ संगालेकाहरुबाट राज्यले लाभ लिन सक्नु पर्ने बताएका हुन् ।

सो कार्यक्रममा समाजका सल्लाहकार रामबाबु श्रेष्ठ, आजिवन सदस्य ऋषिराम खत्री, सहदेवप्रसाद श्रेष्ठ, लालप्रसाद श्रेष्ठ, पूर्णमाया वन्त लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्दै राज्यले निवृत्त राष्ट्रसेवकलाई यथोचित काममा उपयोग गर्नुपर्ने बताएका हुन् । साथै निवृत्त राष्ट्रसेवकले आफ्नो जीवनको उर्जाशील समय आफ्नो देशका लागि खर्चेकाले उनीहरुको निवृत्त जीवनको हक, हितको सुनिश्चितता गरिदिन माग गरे ।

परिषदले निवृत्त राष्ट्रसेवकहरुलाई सम्मान तथा भ्रमण कार्यक्रम गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष ओमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न परिषदमा सचिव खडानन्द भट्टले संस्थागत र कोषाध्यक्ष ज्ञानलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्