
छात्रबासको लागी खाद्यन्न सहयोग
लियो क्लव अफ गोरखाले विद्यालय छात्रबासको लागी खाद्यन्न सहयोग गरेको छ । क्लवले मंगलबार गोरखा सदरमुकामस्थित बालमन्दिर माविको छात्रबासका लागी खाद्यन्न सहयोग गरेको हो ।
छात्रबासमा बस्ने विद्यार्थीहरुका लागी चामल, आलु, चिनी, सोयाबिन र नुन लगायतको खाद्यन्न सामाग्री हस्तानतरण गरेको लियो क्लव अफ गोरखाका सदस्य एवं कार्यक्रम संयोजक बैभव पाण्डेले बताए । लियो क्लव अफ गोरखाका अध्यक्ष राज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बाल मन्दिर माविका प्रध्यानध्यापक भारगबबाबु पाण्डे, लियो जिल्ला परिषद ३२५ जे नेपालका अध्यक्ष बालकृष्ण परियार, लियो क्लवको मनासलु क्षेत्रका रिजनल संयोजक मिलन उपरकोटी लगायतको उपस्थितिमा खाद्यन्न वितरण भएको थियो ।




