
उत्कृष्ट करदाताको रुपमा मास्के सम्मानित
कलश आयल स्टोर्स गोरखाका संचालक शित्तलकाजी मास्के सम्मानित भएका छन् । आन्तरिक राजश्व कार्यालय दमौलीले उनलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।
राष्ट्रिय कर दिवसको अवसर पारेर सोमवार उनलाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०८०/८१ मा गोरखा जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गरेकाले उनलाई सम्मान गरिएको प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।
मास्के गोरखा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत हुन् । कार्यालयले उनीसँगै लम्जुङ, मनाङ र तनहूँबाट एक/एक जना व्यवसायीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ ।




