| सोमवार, कार्तिक २३, २०८३

मेलाको निगरानी बढाउ

मेला महोत्सव मनोरन्जनको माध्यमसँगै संस्कृति जर्गेना र पर्यटन प्रवद्र्धनको मुख्य आधार हो । तर पछिल्लो समय जिल्लामा हुने गरेका मेला महोत्सव संस्कृति जर्गेना भन्दा अत्याधिक नाफा कमाउने उदेश्य राखेर संचालन हुने गरेका छन् । यसको ज्वलन्त उदाहरण हाल हरमटारी खेलमैदानमा जारी मेला हो ।

कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन गर्ने उदेश्य राख्दै गोरखा चेम्वर अफ कमर्सले मेलाको आयोजना ग¥यो । तर बिडम्वना मेलाको उदेश्यलाइ छायामा पार्दै अधिक नाफा कमाउने लोभमा मेला स्थलमा अवाञ्छित गतिविधी भइरहेका छन् । खुलेआम रुपमा ठुलै रकम हारजित हुने गरी जुवा संचालन भइरहेकै छ ।

टिकटमा पनि आयोजकले मनपरी शुल्क लिन थालेको छ । बिद्यार्थीका लागि टिकट शुल्कमा ५० प्रतिशत छुट घोषणा व्यवहारमा लागू भएको छैन । बिद्यार्थीसँग पनि पुरै शुल्क असुल गर्दै आएको छ । हुन त हिजोआज मेला ठेकेदारले चलाउछ । आयोजक नाम मात्रको हुन्छ । ठेकेदारको इसारामा आयोजक नाच्नुपर्ने बाध्यता छ । अहिलेको महोत्सवमा पनि त्यही देखिन्छ । मेलाभित्र हुने अवाञ्छित क्रियाकलापबारे अनविज्ञ प्रकट गर्दै आयोजक उम्कन खोज्छ तर आयोजककै मिलोमतोमा यस्ता क्रियाकलाप भइरहेका हुन्छन् ।

सिमित संस्था र व्यक्ति मोटाउने र नाफा कमाउने उदेश्यले संचालन गरिने मेला महोत्सवको कुनै औचित्य हुदैन । जिल्लामा संचालन हुने मेलाले जिल्लाको व्यापार व्यवसाय प्रवद्र्धनमा सघाउ पु¥याउन सक्नुपर्छ । होइन भने मेला महोत्सव नै संचालन गर्न नदिएको राम्रो ।

हुन त मेलाको निगरानी र अनुगमनमा नियामक निकाय चुक्दै आएको छ । मेला स्थलमा राखिएका खाद्यान्न गुणस्तर छन् छैनन्, जुवा लगायत अन्य अवाञ्छित गतिविधी भएका छन् छैनन् त्यसको निगरानी र नियमन खै ? नियमित अनुगमन गर्ने र अवाञ्छित गतिविधी गरेमा कारवाही गर्न सके मेलामा भित्रिदै गएको बिकृती अन्त्य हुने थियो की ! मेलाको नियमत नियमन र निगरानी गर ।

प्रतिक्रिया दिनुहोस्