
नेपाल निजामति कर्मचारी युनियनमा राना
नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति गोरखाको नवौं अधिवशेन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले गणेशबहादुर रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा केशरबहादुर थापा (खुल्लातर्फ), शोभा प्रधान दवाडी (महिलातर्फ) र तुल सिं गुरुङ (समावेशीतर्फ), सचिवमा चुडामणी पुन, सहसचिवमा ठाकुरप्रसाद भट्ट र कोषाध्यक्षमा टिकाबहादुर नेपाली निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा बासुदेव पोखरेल, सुनिल पनेरु, श्रीकृष्ण पोखरेल, प्रेमलाल बाँडा, सचिन श्रेष्ठ र इन्द्रबहादुर परियार रहेका छन् ।
कल्पना दवाडी, एकराज अंगाई, महेन्द्र पौडेल, इन्द्रहरी खनाल र बेदप्रकाश ढकाल केन्द्रीय महाधिवेशन प्रतिनिधी चयन भएका छन् । प्रदेश प्रतिनिधीमा रिता थापा, रमेश भट्ट, शोभा नहर्की, रविन मिश्र र रुलबहादुर आले चयन भएको बताइएको छ । रानाको अध्यक्षता तथा नेपाली कांग्रेस महासमिति सदस्य राजनराज पन्तको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।




