
गोरखामा एमालेको जनप्रदर्शन तथा सभा
संसद पुनस्र्थापना र सर्वपक्षिय सरकार गठनको माग राख्दै नेकपा एमाले गोरखाले जिल्लामा जनप्रदर्शन तथा सभा गरेको छ । शनिवार बिहान चाइनिजधारास्थित पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन हरमटारी, बिसौनी, बसपार्क, ठुलोआँगन, पाटेचौर, अस्पतालमार्ग हुदै पुनः पार्टी कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा बोल्ने एमाले नेताहरूले देशको सार्वभौमसत्ता र स्वाभिमानमाथि बाह्य हस्तक्षेप भइरहेको बताए । उनीहरुले भदौ २३ र २४ को घटनालाई सिंगो मुलुक र एमालेको बिरुद्ध षड्यन्त्रको रुपमा व्याख्या गरे ।




