| बुधबार, असार ९, २०८३

प्रभात किरण माविमा बन्यो ५४ लाखमा सौचालय

धार्चे गाउँपालिका ७ लापुवेशीमा ५४ लाख लागतमा सौचालय निर्माण भएको छ । नवनिर्मित नौ कोठे सौचालय भवनको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।
नमस्ते गुम्दा स्वीट्जल्याण्डको सहयोग तथा प्राकृतिक बोन लम संस्थाको स्थानीय साझेदारीमा सौचालय निर्माण भएको हो । छात्राका लागि पाँच कोठा र छात्रका लागि चार कोठा गरी नौ कोठे सो सौचालयको मंगलबार संयुक्त रुपमा उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, नमस्ते गुम्दा स्वीजल्याण्डका प्रतिनिधि, वडा अध्यक्ष तथा सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राकेश गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
धार्चे गाउँपालिको सो विद्यालयलाई मेगा विद्यालय बनाउने लक्ष्यका साथ काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्