
सहिदलखन सोमबार सार्वजनिक बिदा
जिल्लाको सहिदलखन गाउँपालिकाले सोमबार (कात्तिक २४ गते) गाउँपालिकाभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाको वडा नं २ र ३ मा पर्ने नेपालकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा सोमबार गुठी पञ्चमीका दिन हुने विशेष पूजाको अवसरमा पालिकाले सार्बजनिक बिदा गर्ने निर्णय गरेको हो ।
सोमबार मनकामना मन्दिरमा विशेष पूजा एवं मेला लाग्ने हुँदा गाउँपालिकाभर बिदा दिएको पालिकाले जनाएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा हरेक वर्ष गुठी पूजाको दिन सार्बजनिक बिदा दिने निर्णय भएको र सोही निर्णय अनुसार सोमबार सार्बजनिक बिदा दिएको पालिकाको भनाई छ । सोमबार पालिकाअन्तरगतका सम्पूर्ण कार्यालय र पालिकाभित्रका विद्यालयहरुमा समेत स्थानीय बिदा दिएको बताइएको छ ।




