| सोमवार, कार्तिक २३, २०८३

मानव अधिकार तथा शान्ति समाजको साधारण सभा सम्पन्न

मानव अधिकार तथा शान्ति समाज गोरखाको २५ औं साधारण सभा सम्पन्न भएको छ । ‘मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुता, नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता’ भन्ने नारा सहित समाजले शनिवार २५ औं साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा सहभागीहरुले जेनजी आन्दोलनपछिको विषम परिस्थिती, जिल्लाको सम्रह राजनितिक, आर्थिक र सामाजिक विषयमा छलफल गरिएको थियो । साथै समाजले विगतका दिनमा गरेका काम मानव अधिकार कार्यान्वयनमा खेलेको भूमीका र अब आउने दिनमा गर्न सक्ने कामको बारेमा समेत छलफल भएको समाजका अध्यक्ष शरद श्रेष्ठले बताए ।

गोरखामा २०५७ सालमा मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो । समाजका अध्यक्ष शरद श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, वुद्धिजिवी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्