| मङ्लबार, अशोज ५, २०८३

गोरखा लायन्स आँखा सेवा केन्द्रमा ३१ जनाले गरे आँखाको शल्यक्रिया

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुँदै आएको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा गत बिहीबार सम्पन्न भएको मोतियाबिन्दुको शल्यक्रिया शिविरबाट ३१ जनाले सेवा लिएका छन् । शिविरबाट गोरखा नगरपालिकाका १५ जनाले सेवा लिएको गोरखा लायन्स आँखा सेवाकेन्द्रका प्रमुख प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले बताए ।

यस्तै, जिल्लाका अन्य स्थानीय तहका १६ जनाको गरी जम्मा ३१ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया भएको उनले जानकारी दिए । जसबाट महिला १७ जना र पुरुष १४ जनाले सेवा लिएका छन् । केन्द्रमा हरेक महिना १९, २० र २१ गते नियमित रुपमा आँखा शिविर सञ्चालन हुने गर्छ ।

१९ गते ट्रेसिङ हुने, २० गते शल्यक्रिया हुने र २१ गते आँखाको पट्टी खोल्ने कार्यक्रम रहेको केन्द्रका प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ । गोरखा नगरपालिका भित्रका आँखाको बिमारीको भने निःशुल्क शल्यक्रिया गरिने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्