
मेलाले जिल्लाको अर्थतन्त्रमा पनि टेवा पु¥याओस्
मेला महोत्सव अहिले फेसन जस्तै भइसक्यो । आर्थिक लाभ हुने भएपछि व्यक्ति बिशेष पनि आयोजक बनेर मेला महोत्सव संचालन गर्ने जिल्लामा होडवाजी नै छ । संस्था संस्थाबीचको होडवाजीको त कुरै नगरौ । तर पछिल्लो समय मेला महोत्सवप्रतिको हेराई र बुझाई सकारात्मकभन्दा नकरात्मक बढी हुन थालेको छ ।
मेला महोत्सव आफैमा नराम्रो होइन । मेला महोत्सवले व्यापार प्रवद्र्धनमा पनि टेवा पु¥याएकै हुन्छ । बजारलाई आर्थिक चलायमान बनाउछ । पर्यटन प्रवद्र्धनमा पनि यसको भूमिकालाई नकार्न सकिदैन । तर बिडम्वना जिल्लामा हुने गरेका मेला महोत्सवले स्थानीयभन्दा बाहिरी व्यापार व्यवसायीलाई बढी लाभ हुने गरेको देखिन्छ ।
जिल्लाका व्यवसायीलाई समेट्न नसकेको तितो यथार्थ आयोजकहरुले स्वीकार गर्नैपर्छ । हरेक बर्ष मेला महोत्सवको समयमा हुने किचलोको कारणमध्ये यो पनि एक हो । अर्काे कुरा हरेक मेला महोत्सवलाई कृषिसँग जोड्ने गरिन्छ तर, व्यानरमा मात्र सिमित हुन्छ । स्थानीय स्तरमा उत्पादित कृषि उपजले मेला महोत्सवमा स्थान बिरलै पाउछन् ।
अझ बिडम्वना के छ भने आयोजक एउटा हुन्छ, मेला ठेकदारले चलाउछ । आर्थिक लेनदेनमा ठेक्का दिने प्रचलनले मेला महोत्सवको आयोजक र ठेकेदार मोटाउनुवाहेकको अन्य उपलब्धी देखिदैन । आजबाट गोरखा चेम्वर अफ कमर्सले मेला गर्दैछ ।
कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धनका लागि गर्न लागिएको यो मेलाले कृषिसँगै पर्यटन र व्यापार प्रवद्र्धन गर्न सकोस् । जिल्लाको अर्थतन्त्र चलायमान बनाउन र आर्थिक उपार्जनमा पनि मेलाले सहयोग पु¥याओस् । स्थानीय उत्पादन र स्थानीय व्यापारीले प्राथमिकता पाउन् ।




