
लियो जिल्ला परिषद् ३२५ जे नेपालको पदस्थापन तथा जिल्ला परिषद् बैठक सम्पन्न्न
लियो जिल्ला परिषद् ३२५ जे नेपालको पदाधिकारीको पदस्थापन र पहिलो जिल्ला परिषद बैठक गोरखामा सम्पन्न भएको छ । लियो क्लव अफ गोरखा र गोरखा तारानगरको आतिथ्यतामा गत शुक्रबार र शनिबार जिल्ला परिषदको पदस्थापन र काउन्सिल बैठक सम्पन्न भएको हो ।
लियो जिल्ला परिषद् ३२५ जे नेपालका नवनिर्वाचित अध्यक्ष बालकृष्ण परियारसहित बोर्डको पदाधिकारीको पदस्थापन भएको हो । लियो जिल्ला परिषद् ३२५ जे नेपालका लियो सबिन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा यसअघिको कार्यकालका अध्यक्ष तथा पदाधिकारीहरुले नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई पदभार हस्तान्तरण गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष परियारको अध्यक्षतामा सम्पन्न दोस्रो चरणको कार्यक्रममा अध्यक्ष परियारले मानव सेवा आश्रमका पाँचजना बालबालिकाहरुलाई बिद्यालय पोशाक प्रदान गरेका थिए । सो अवसरमा ‘नेतृत्व बिकासका लागि लियो’ भन्ने शीर्षकमा बक्तृत्वकला कार्यक्रम पनि सम्पन्न गरिएको थियो । लियोमा रहेका क्षमतालाई उजागर गर्ने उद्देश्यका साथ लियो जिल्ला परिषद् ३२५ जे नेपालको शान कला र गलाको सम्मान भन्ने मुल नाराका साथ प्रतिभा प्रदर्शन कार्यक्रम पनि सम्पन्न गरिएको थियो । लियो क्लव र लियो लिडरहरुलाई बिभिन्न बिधामा अवार्ड साथै सम्मान प्रदान गरिएको थियो
गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यता, लायन्स ईन्टरनेशनल ३२५ जे नेपालका डिष्ट्रिक गभर्नर मिलनबाबु मल्लको बिशेष आतिथ्यतामा, अग्रज लायन्स लिडर तथा लियो लिडरहरु, बागमती र गण्डकी क्षेत्रका लियोहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।




