
पहिरोले पाङसिङको चार घरमा क्षति, कुखुराको फर्म पनि बगायो
लेदोसहितको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ पाङसिङका चार घरहरुमा क्षति पु¥याएको छ । शनिबार राती आएको अबिरल वर्षाका कारण पाङसिङको जुकबहादुर गुरुङ, सर्किनी गुरुङ, धन्डुक गुरुङ र कमला गुरुङको घरमा क्षती पु¥याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरीका अनुसार लेदोसहितको पहिरो घरभित्र पसेका कारण पशुचौपाया र अन्य घरायसी सामाग्रीहरु बगाएको छ । हाल उनीहरुलाई पाङसिङमै अन्य आफन्तहरुको घरमा सारिएको प्रहरीको भनाई छ ।
यसैगरी, पहिरोले पाङसिङका देवेन्द्र गुरुङको कुखुरा फर्म बगाएको छ । फर्मसँगै त्यहाँ रहेका ५०–६० वटा कुखुरा पनि बगाएको पीडितको गुनासो छ ।




