
मनकामनाका थापा तीनहप्तापछि देवघाटको जङ्गलमा मृत फेला
तीन हप्तादेखि सम्पर्कबिहिन मनकामनाका कालुराम भनिने सूर्यबहादुर थापा देवघाटको जङ्गलमा मृत अबस्थामा फेला पारेका छन् । सहिदलखन गाउँपालिका वडा नं २ मनकामना कोटगाउँका ३५ वर्षका थापा आइतबार भरतपुर महानगरपालिका १ देवघाटस्थित सतनचुली सामुदायिक वनमा मृत फेला परेका चितवन प्रहरीले जनाएको छ ।
मनकामना जीर्णोद्वार समितिमा कार्यरत थापा गत असोज १९ गते बिहान घरबाट अफिस जान्छु भनेर हिँडेका र त्यसयता सम्पर्कबिहिन बनेका उनका आफन्तहरुले बताएका छन् ।
कालुराम थापाको शव आइतबार दिउँसो १२ बजे प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




