
आँबुखैरेनीबाट लागुऔषधसहित शुक्लागण्डकीका युवा पक्राउ
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका ४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिनसहित शुक्लागण्डकी ९ का २५ बर्षका सागर क्षेत्रलाई पक्राउ गरेको इप्रका आँबुखैरेनीले जनाएको छ ।
उनको साथबाट डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपमा आइतबार बिहान गरिएको चेकजाँचमा प्रहरीले वीरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ९९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको जनाएको छ ।




