| सोमवार, कार्तिक २३, २०८३

गोरखा बजारबाट २० केजी पटका बरामद

प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ ।

गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा सो परिमाणको पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

तिहारको अवसर पारेर पटका बिक्री वितरण नगर्न, नगराउन, प्रयोग नगर्न ेयसअघि पनि प्रहरीले पटक पटक सूचना गरेको थियो । शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सो सूचना गरेको जनाउँदै प्रहरीले फेरि पनि पटका राख्ने तथा पट्काउने गरे नगरेको चेकजाँच र खानतलासी कार्य जारी राख्ने जनाएको छ ।

त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही गर्ने प्रहरी उपरीक्षक भरत बिकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्