
मनास्लु पदमार्गमा लेक लागेर बिरामी परेका बिदेशी नागरिकको हेलिबाट उद्धार
मनास्लु पदमार्गमा लेक लागेर बिरामी परेका एक बिदेशी नागरिकको हेलिकप्टरबाट उद्धार गरिएको छ । लार्के पास गर्न आएका स्पेनका नागरिक जोसे जेलियन गारसिया इचेभेरियाको बिहीवार हेलिबाट उद्धार भएको हो ।
६९ बर्षीय उनी सामागाउँ पुगेपछि बिरामी परेका थिए । ज्वारो, झाडापखाला र लेक लागेर बिरामी परेपछि उनलाई उपचारको लागि सामागाउँ स्वास्थ्य चौकी पु¥याइएको थियो ।
अल्टिच्यूड एयरको हेलिबाट उद्धार गरी उनलाई काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रवार ब्लुसिप जर्नीज प्रालिबाट उनी लार्के पासका लागि मनास्लु पदमार्ग पुगेका थिए ।




