| बिहिबार, असार १०, २०८३

सवारी दुर्घटनामा परी गोरखाका पुस्तक व्यवसायीको मृत्यू

सवारी दुर्घटना परी गोरखाका एक पुस्तक व्यवसायीको मृत्यू भएको छ । गोरखाबाट ग २० प ८५५९ नंबरको स्कुटरमा चढी चितवनतर्फ जाँदै गरेका पुस्तक व्यवसायी दामोदर घिमिरेको पर्यटकबाहक बसले बिहिबार दिउसो एक बजे ठक्कर दिँदा मृत्यू भएको प्रहरीले जनाएको छ ।
सिरानचोक गाउँपालिका छोप्राक घर भई गोरखा बजारमा पुस्तक व्यवसाय गरी बस्ने ४० बर्षका घिमिरेलाई चितवनको रामनगरमा बा.प्र.०१–००१ प १६८४ नंबरको बसले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा दिउसो १ः३० बजे मृत्यू भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
स्कुटर इप्रका रामनगरको नियन्त्रणमा छ भने बस र बस चालक धादिङको सिद्धलेक गाउँपालिका ३ निवासी सन्तोष थापा मगर जिप्रका चितवनको नियन्त्रणमा रहेका डिएसपी खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्