| बिहिबार, असार १०, २०८३

अखाद्य पदार्थ बिक्री गरेको पाइए कारबाहीको चेतावनी

अखाद्य पदार्थ बिक्री बितरण गरेको पाइए कारबाही गर्ने गोरखा नगरपालिकाले चेतावनी दिएको छ । चाडबाडको मेसोमा खाद्यान्न पसलेहरुले अखाद्य पदार्थ मिसावट गरी बेच्ने गरेको गुनासो आउन थालेकाले त्यस्तो गरेको भेटिएमा कारबाही गर्ने नगरपालिकाले सूचना प्रकाशित गरी जनाएको छ । हिन्दुहरुको महान पर्व दिपावलीको अवसर पारी भाइ मसला तथा अन्य खाद्य सामग्रीमा सडेगलेको, म्याद गुज्रिसकेको तथा अखाद्य पदार्थ मिसावट भएको खाद्यान्न बेचबिखन हुने गरेको गुनासो आउने गरेको छ ।
गत बर्ष बिक्री नभई बाँकी रहेका भाई मसलाहरु पनि बजारमा देखिने गरेको सूचनामा उल्लेख छ । त्यस्तो अखाद्य पदार्थहरु र रङ्गिन झिनियाहरु बिक्री वितरण हुन सक्ने भएकोले त्यसको उपभोगबाट सर्वसाधरणको जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै बिक्री वितरण नगर्न रोक लगाईएको छ । त्यस्ता सामान बिक्री गरेको पाइएका सख्त कारबाही गर्ने सूचनामा उल्लेख छ ।
साथै खाद्य पदार्थहरु सडक पेटीमा अस्वस्थ रुपमा राखी बिक्री वितरण नगर्नु÷नगराउनुहुन समेत अनुरोध गरिएको छ । यदि कोही कसैबाट यस्ता किसिमका क्रियाकलापहरु गरेको पाईएमा नियमानुसार दण्ड जरिवाना तथा कारवाही गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्