
बेनिघाट लार्के सडक पाङसिङसम्म सुचारु
लामो समयदेखि अवरुद्ध रहेको बेनिघाट, आरुघाट, लार्के सडक सुचारु भएको छ । ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले पहिरो फालेर मर्मत गरेपछि सो सडक सुचारु भएको हो । गतहप्ताको बर्षातपछि पहिरो जाँदा तातोपानी र दोभानको बीचमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
सो सडक सुचारु भएपछि चुमनुब्री गाउँपालिकाका बासिन्दा, धार्चे १ का बासिन्दा तथा पर्यटकलाई यात्रा गर्न सहज भएको छ । सो सडक खुलेपछि अब मालबाहक गाडी पाङसिङसम्म पुगेको र साना जीपहरु भने जगत खोलामा पानीको गहिराई धेरै भएकाले जान नसकेको स्थानीय विशाल घलेले जानकारी दिए ।




