
मंगलबार बिहान तीनघण्टा विद्युत अवरुद्ध
गोरखा सदरमुकाम लगायत विभिन्न ठाउँमा मंगलबार बिहान तीनघण्टा विद्युत अवरुद्ध हुने भएको छ । गोरखा बजार लगायत जिल्लाका विभिन्न ठाउँमा बिहान ६ः३० देखि ९ बजेसम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
गोरखास्थित ३३ केभी सवस्टेशनमा विद्युत प्रवाह बदलीको काम गर्नुपरेको हुँदा केही घण्टा विद्युत सेवा अवरुद्ध हुने केन्द्रले सार्वजनिक सूचना जारी गरी जानकारी गराएको छ ।
गोरखा नगरपालिका वडा नं. १ देखि १२ सम्मका बस्तीहरु, पालुङ्टार नगरपालिकाको वडा नं. १ र २, भीमसेन थापा गाउँपालिका वडा नं. १, ५, ६ र ७ का गाउँबस्तीहरुमा विद्युत सेवा अवरुद्ध हुने भएका सूचनामा उल्लेख छ । त्यस्तै सहिद लखन गाउँपालिका वडा नं. ७, ८, ९, सिरानचोक गाउँपालिका ४, ५ र ६, बारपाक सुलिकोट वडा नंं ५, ६, ७ र ८ तथा आरुघाट गाउँपालिकाको वडा नं. ६, ७ र ८ का गाउँबस्तीमा विद्युत अवरुद्ध हुने सूचनामा उल्लेख छ ।





