
मनास्लु क्षेत्रबाट पोल्याण्डका नागरिकको उद्धार
मनास्लु क्षेत्र भ्रमणका क्रममा हाइ अल्टिच्यूडका कारण बिरामी परेका पोल्याण्डका नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
मनास्लुको भ्रमणका क्रममा सोमबार बिहान चुमनुब्री ४ नाम्रुङ पुगेका पोल्याण्ड नागरिक राहदानी नंबर एफई ०४६८९१९ भएका ३६ बर्षीय एडम बर्टोस्ज प्यासिअरबेकलाई दिउसो १ बजे हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
उनी माउण्टेन सनभ्याली ट्रेक कम्पनीमार्फत त्यसतर्फ भ्रमण गर्न गएका थिए ।




